१ कार्तिक २०८३, शनिबार

क्रोएसियाका पूर्पप्रधानमन्त्रीलाई युद्ध अपराधमा सजाय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्रोएसिया, ६ कात्तिक । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ ।

युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको छ ।

पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

अदालतले उनलाई साढे दुई वर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो । पूर्वप्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्वीकार गरेका छन् ।

उनले सोही आरोपमा यसअघि नै जेल सजाय भुक्तान गरेको दाबी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताए ।