१ कार्तिक २०८३, शनिबार

अमेरिकामा नेपाली मूलकी केमिका भण्डारी घोडे पोलोमा बिजयी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी घोडे पोलो महिला खेलाडी केमिका भण्डारीको टोलीले गत अक्टोबर २० तारिखका दिन सम्पन्न पोलो मैत्रीपूर्ण प्रतियोगितामा बिजयी हासिल गरेको छ ।

पोलो खेल प्रतियोगितामा ७ मिनेटमा बिश्राम गर्दै पुन खेल खेलाउने र ४ पटक उक्त क्रम हुने हुनाले पोलो चक्कर नाम द्वारा पनि सम्बोधन गरिने गरिन्छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको पश्चिमी भागमा अवस्थित पुल्सभिल शहरमा सम्पन्न पोलो चक्करमा भण्डारीको खेल टोली ९(८ गोलले बिजयी भएको थियो ।

चार वटा खेल समूह बीच भएको प्रतियोगितामा भण्डारी कंग्रेसनल पोलो क्लबबाट खेलेकी थिइन् । कंग्रेसनल पोलो क्लबले समरहिल पोलो कल्बलाई मैत्रिपूर्ण खेलमा हराएको थियो ।

भण्डारीको टोलीका ३ जना र विपक्षका ३ जना गरेर ६ जना खेलाडीहरु रहेका थिए । उक्त खेलमा पुरुष तथा महिला दुवैले खेल्न सक्ने छन् भने उक्त खेलमा एक निर्णायक रहेका थिए । उक्त खेलमा १० मिनेटको मध्यान्तर रहेको थियो ।

भण्डारीको टोलिले पहिलो चरणमा खेल्न पाएको थियो भने अर्को टोलिले दोश्रो चरणमा खेल खेलेको थियो । अर्को खेल समूहमा माउनटेनभ्यू पोलो क्लबले सेनेका पोलो कल्ब बिरुद्ध खेल खेलेको थियो । मेरिल्याण्डको पुल्सभिल स्थित सेनेका पोलो क्लबमा सम्पन्न उक्त पोलो चक्कर खेलाइएको थियो ।

आयोजकले उक्त मैत्रिपूर्ण खेलमा सहभागी हुने सबैलाई मायाको चिनो स्वरुप मग प्रदान गरेको थियो । उक्त घोडे पोलोमा ७ मिनेट खेलाइने गरिन्छ भने ४ मिनेटको बिश्राम लिइन्छ । बिश्राम पछि सोही घोडा प्रयोग नगरी अर्को घोडामा चढेर पोलो खेल्नु पर्ने हुन्छ । जम्मा २८ मिनेटको खेलमा ४ वटा फरक घोडा प्रयोग गरिएको थियो । मैदान अनुसार घेरा नभएको बहिरंग मैदानमा खेलाउदा एक टोलिमा ४ जना र समय पनि अलिक ज्यादा सम्म खेलाइने गरिन्छ ।