१ कार्तिक २०८३, शनिबार

भारतमा रेल दुर्घटना हुँदा ६२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ३ कात्तिक । भारतमा रेल दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते छन्।

बीबीसी हिन्दीका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो। मेला हेर्न पुगेका स्थानीय रेलको लिकमा उभिएका बेला जालंधरबाट प्रतिघण्टा १ सय किलोमिटर रफ्तारमा आएको रेलले किच्दा मर्नेको संख्या ६२ पुगेको अमृतसरका पुलिस कमिश्नर सुधांशु शेखर श्रीवास्तवले बताएका छन्।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धि, पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द्र सिंहले दुःख व्यक्त गर्दै राहत र उद्दारमा खटिन मातहत निकायलाई निर्देशन दिएका छन्।