२९ आश्विन २०८३, बिहिबार

तामाङ्ग समाजले अमेरिकाको डिसीमा गुम्बा बनाउने (फोटोफिचर सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samuh
विजय थापा
डिसी, अमेरिका । नेपाली समुदायको प्रतिनिधित्व गर्दै तामाङ्ग समाजले अमेरिकाको डिसी महानगर क्षेत्रमा गुम्बा बनाउने तयारी गरेको
छ । तामाङ्ग सोसाइटी अफ ग्रेटर वासिङगटनले आयोजना गरेको सोनाम ल्होछार विशेष कार्यक्रममा गुम्बा बनाउने तयारी भइरहेको घोषणा गरिएको हो । तामाङ्ग सोसाइटी अफ ग्रेटर वासिङगटनका सभापति आनन्दु लामाले डिसी क्षेत्रमा गुम्बा बनाउने योजना रहेको खुलासा गर्दै समुदायलाई सहयोग र समर्थन गर्न आग्रह गर्नुभयो ।

tamang 11

सभापति लामाले धेरै बिदेशी पाहुनाहरु ल्याउन मद्दत गर्ने भर्जिनिया लाउडन काउन्टी डेमोक्राटिक डल्स जिल्लाका सभापति हरि शर्मालाई बिशेष धन्यवाद दिएका थिए । हरि शर्माले सभासद् र सिनेटरहरुले नेपाली समुदायलाई देखाएको अभिरुचि तथा सन्देश प्रति धन्यबाद दिएका थिए ।

tamang 5

ल्हुक ल्होछार भेडा बर्षमा आमन्त्रित अमेरिकन अतिथिहरुले तामाङ्ग समुदायको संस्कृति, परम्परा तथा भेषभुषाको प्रशंसा गरेका थिए ।

डिसी महानगर क्षेत्रको मनासस शहरमा आयोजना भएको सोनाम ल्होछार विशेष कार्यक्रममा अमेरिकन सभासद्मा भर्जिनिया क्षेत्र १० बाट बिजयी भएकी बारबरा कमस्टकले जनवरी २६ तारिखमा आफ्नो कार्यालयको समुद्घाटन सोमबार हुने भएकोले नेपाली समुदायलाई आमन्त्रित गर्दै पूर्व सभासदले गरेको कामको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन् ।

tamang 12

यस्तै, सिनेटर वार्नरकी प्रतिनिधि, भर्जिनियालाउडन काउन्टी डेमोक्राटिक डलस जिल्ला सभापति हरि शर्मा, लाउडन काउन्टी डेमोक्राटिकका ईभान म्याक्बेथ, वासिङगटन बिश्वबिद्यालय भर्जिनियाका अध्क्षय डा. पिटर एम च्याङ्ग, नेपाली दुताबासका कार्यबाहक राजदुत ऋषिराम घिमिरे लगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

tamang 3

कार्यक्रममा तामाङ्ग समाजलाई सहयोग गर्नुहुने​ विभिन्न व्यक्तिहरुलाई ​प्रमाणपत्र बितरण गरिनुको साथै विभिन्न कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा फिरोज स्याङ्ग्देन तथा उनका सहयोगीले माहौल तताएका थिए ।

tamang 1
कार्यक्रममा अतिथिहरुलाई स–साना नानीहरुले खादा लगाई दिएका थिए । भने नेपाली तथा अंग्रेजी राष्ट्रिय गीत मिरा राणा तथा प्रकृति देउजाले गाएकी थिइन् ।