मलेसिया, २८ असोज । पूर्ववर्ती सरकारको पालामा जेल सजाय भोगेका मलेसियालीका पूर्वउपप्रधामन्त्री अन्वर इब्राहिमफेरि मूलधारको राजनीतिमा फर्किएका छन् ।
उनी शनिबार भएको निर्वाचनमा विजयी हुँदै मूलधारको राजनीतिमा फर्किएको समाचारमा जनाइएको छ । योसँगै उनले राजनीतिक पुनर्जीवन पाएका छन् ।
उनलाई मूलधारको राजनीतिमा फर्काउन शनिबार उपनिर्वाचन भएको थियो । शनिबारको निर्वाचनमा उनले झण्डै ७० प्रतिशत मत प्राप्त गरी विजयी भएको छ । निर्वाचन जितेपछि उनले अर्को वर्ष प्रधानमन्त्री बन्ने यसअघि नै सहमति भएको थियो ।
यसअघि भएको आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मद र अन्वरको पार्टीले गठबन्धन गरेर शुरुमा महाथिर प्रधानमन्त्री बन्ने र त्यसपछि अन्वरलाई नेतृत्व दिने सहमति भएको बताइएको थियो ।
राजनीतिबाट विश्रम लिनु भएका ९३ वर्षीय महाथिरले मुलुक गलत बाटोमा गएको भन्दै त्यसलाई सही मार्गमा ल्याउन आफूहरूले गठबन्धन गरेर फेरि राजनीतिमा फर्किनु परेको बताए ।















प्रतिक्रिया