दिल कुमार श्रेष्ठ
दोहा । प्रेस चौतारी नेपालको पहिलो अन्तर्राष्ट्रिय शाखा कतारले नेपाल समाचारपत्रका सम्पादक टंक पन्त लाई माओवादी नेताले दिएको धम्कीको विरोध तथा भर्सना गरेको छ ।
शाखाले आफ्नो दोस्रो मासिक बैठकको अवसरमा विज्ञप्ती जारी गरी प्रेस माथी आक्रमण गर्ने धम्कीको भर्सना गरेको हो । प्रेस चौतारी कतार शाखाका अध्यक्ष नबराज बिकले प्रेस स्वतन्तत्राको रक्षा गर्न सरकारसंग माग गर्नुभयो । एमाओवादीका प्रवक्ता अग्नी सापकोटाले सम्पादक पन्तलाई संविधानसभा भवनमै हिसाव किताब राखेका छौं भनि धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।
कतार शाखाको बैठकले आफुले गरेका वाचा नबिर्सिन नेपालका राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ ।
‘२०७१ माघ ८ को मितिमा संबिधान दिन्छौ भन्दै विभिन्न बुदामा समझदारी गरी प्रतिबद्धता व्यक्त गर्ने तिनै नेताहरुले ति सबै प्रतिबद्धता भुलेर संबिधानसभाको बैठकमै तोडफोड अनि ताण्डव मच्चाउदै प्रेस माथि धम्कीको भाषा बोलिरहेका छन् । यी कार्य प्रति प्रेस चौतारी शाखा कतारले घोर भर्सना गर्दै अबका दिनहरुमा यस्ता गतिविधिहरुको अन्त्य गरी सम्बृद्ध नेपालको लागि मुलुकलाई सुहाउने र सबैलाई समेट्ने खालको संविधानको निर्माण गर्न सम्बिन्धित पक्षको ध्यानकर्षण गराएको छ’ विज्ञप्तीमा भनिएको छ ।
दोहाको केन्द्रको रुपमा रहेको तरबार गेट पार्कमा प्रेस चौतारी कतार शाखाका अध्यक्ष नबराज बिकको अध्यक्षतामा सम्पन्न बैठकमा सचिब दिल कुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । कार्यसमितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो । भर्खरै मात्र (रासस) कतारको लागि सम्बाददाता नियुक्त हुनुभएका नबराज विकलाई प्रेस चौतारी नेपाल, कतार शाखाले बधाईका साथ हार्दिक शुभकामना पनि दिएको थियो ।















प्रतिक्रिया