
काठमाडौं, ११ माघ । गणतन्त्र दिवस विशेष समारोहमा सहभागी हुन भारत आइपुगेका अमेरिकी राष्ट्रपति बराक ओबामालार्ई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै स्वागत गरेका छन् ।
ओबामा आइतबार तीन दिवसीय भारत भ्रमणका लागि सपरिवार भारत आईपुगेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोडेर स्वागत गर्न आँफै विमानस्थलमा पुगेका थिए ।
उनी सवार विशेष विमान विहान ९ बजेर ३८ मिनेटमा भारतस्थित् ईन्धिरा गान्धी विमानस्थलमा अवतरण गरेको थियो ।
दुवै नेता धुमधडाकाका साथ अंकमाल गरेका थिए । उनीहरुले करिव ५ मिनेटसम्म अंकमाल गरेका थिए । प्रधानमन्त्री मोदीले ओबामासँग उनका केन्द्रीय मन्त्री पियुष गोयल र अन्य अधिकारीहरुको परिचय गराएका थिए ।
ओबामाले सोमबार ६६ औं भारतीय गणतन्त्र दिवसमा प्रमुख अतिथिका रुपमा भाग लिँदै छन् । उनको स्वागतका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले रात्रिभोजको आयोजना गरेका छन् ।
्उहाँ भारतीय राजधानी नयाँ दिल्लीमा अवस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा वृक्षारोपण कार्यक्रममा समेत सहभागि हुनुहुनेछछ ।
ओबामा दम्पत्ति मङ्गलबार साउदी अरेबिया जानुहुने छ । गत शुक्रबार बिहान निधन हुनुभएका साउदी अरेबियाका राजा अब्दुल्लाहप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँहरु त्यहाँ जाने कार्यक्रम तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।















प्रतिक्रिया