१ कार्तिक २०८३, शनिबार

यस वर्षको नोबेल पुरस्कार डेनिस मुकवेगी र नादिया मुरादलाई

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका चिकित्सक डेनिस मुकवेगी र इराककी कुर्दिस मानवाधिकारवादी नादिया मुरादलाई प्रदान गरिने भएको छ ।

नर्वेका पुरस्कार प्रदान गर्ने समितिले मुकवेगीले युद्धका समयमा यौन हिंसा पीडितका जीवन जोगाउनका लागि निर्वाह गरेको भूमिकाका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएको छ । पुरस्कारका लागि छनौट भएकी मुरादले यौनहिंसा पीडित हुन् ।

उनले आफूसहित विभिन्न महिलामाथि भएको घटनाबारे बताउँदै आएकी छिन् ।

मुकवेगीले जीवनका अधिकांश समयमा कंगोमा यौन हिंसा परेका महिलाका उपचार बिताएका थिए । सामूहिक बलात्कारका शिकार भएका हजारौं महिलाका उनले उपचार गरेका थिए ।

मुराद आइएस सैनिकका बलात्कार र अन्य दुर्व्यवहारबाट पीडित भएकी याजिदी महिला हुन् । उनी जस्तै करिब तीन हजारलाई आइएसले यौन दासी बनाएको थियो ।–एजेन्सी