२९ आश्विन २०८३, बिहिबार

प्रबासी थारू समाजले यूएईमा मनाए माघी पर्व (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

किशोर कुमार चौधरीको अध्यक्षता नयाँ कार्यसमिति चयन

Parbasi-Tharu-samaj-maghi

खेम राज खनाल
दुबई ।
प्रवासी थारु समाज यूएईले नयाँ वर्षको अवसरमा माघी पर्व भव्यताका साथ मनाएको छ ।
दुबईमा प्रबासी थारू समाज यूएईको तेस्रो बार्षिकोत्सव भेलामा थारूहरूको महान पर्व माघी मनाईएको हो । प्रवासी थारु समाज यूएईका अध्यक्ष नेत्र थनेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदिबासी जनजाती महासंघका अध्यक्ष डेरराज गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।

Parbasi-Tharu-samaj-maghi1
प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रकाश कोइराला, आदिबासी जनजाती महासंघका प्रमुख सल्हाकार गिरमान थापा मगर अतिथि रहनुभएको थियो । थारु जातिका कला संस्कृति र माघी पर्वको बारेमा थारु समाजका यूएई प्रबक्ता राम प्रसाद महतो, पासाङ रिन्जी शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए ।
तेस्रो वार्षिकोत्सव भेलाले किशोर कुमार चौधरीको अध्यक्षतामा १६ सदस्सीय नयाँ कार्यसमिति चयन समेत गरेको छ । प्रथम उपाध्यक्ष दिपेन्द्र्रराज थनेत, उपाध्यक्ष जुगराम थारु, महासचिब रुपेश चौधरी, कोषाध्यक्ष, बासुदेब चौधरी, सह–कोषाध्यक्ष धर्मराज महतो, महिला सदस्य सपना चौधरी, राखी चौधरी, माही चौधरी, रुकमणी चौधरी, संरक्षक नेत्र नारायण थनेत, सल्हाकारमा प्रमुख राप् महतो चयन भएका छन् ।

Parbasi-Tharu-samaj-maghi2
कार्यक्रममा समाज सेवी बुद्धिजीवी नागरिक समाज सघं संस्था पत्रकार कलाकार स्थानियको नेपाली दाजु भाइ दिदि बहिनीहरुको उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रमको संञ्चालन मान महतोले गरेका थिए ।