१ कार्तिक २०८३, शनिबार

पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालमपुर, १९ असोज । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो ।

पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरले करोडौ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएको छ ।

अधिकारीहरूले दिएको जानकारी अनुसार उनले आरोपहरूको खण्डन गरेकी छिन् । उनलाई लगाइएको आरोपहरू पुष्टी भएमा आजीवन कारावास सजाय हुने मलेसियामा कानूनी व्यवस्था छ ।

निकै महङ्गो सामानहरू किन्ने र उपयोग गर्ने बानी भएको मानिने ६६ बर्षिया मनसुरले महङ्गा गहना तथा हाते झोला आदि किन्ने गरेको चर्चा हुने गरेको थियो ।

उनका श्रीमान् नाजिबलाई पनि अनियमितता सम्वन्धी दुई दर्जन भन्दा बढी आरोप लगाइएको छ ।

शक्तिमा रहेको नौ वर्षे अवधिमा उनले राज्यशक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको अधिकारीहरूले जनाएका छन् ।

नाजिबले भ्रष्टाचार गरेको आरोपलाई मुख्य चुनावी मुद्दा बनाउनु भएका पुर्वप्रधानमन्त्री महाथिर मोहमदले सरकारको नेतृत्व गरेपछि पूर्ववर्ती सरकारका उच्चअधिकारीहरूमाथि छानविन थालिएको हो ।

राजनीतिबाट सन्यास लिएका ९३ वर्षीय महाथिरले देशलाई गलतबाटोबाट फर्काउनका लागि आफू फेरि राजनीतिमा फर्किनु परेको बताएका थियो ।

उनको यही आह्वानलाई समर्थन गर्दै मलेसियाका मतदाताले महाथिरलाई अत्यधिक मतका साथ विजयी गराएपछि सरकार बनाएमन छन् । एएफपी