३० आश्विन २०८३, शुक्रबार

आइजी खनालका सप्ठ्यारा–अप्ठ्यारा

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल

अपराध विशेषज्ञताको पगरी लाएका केही व्यक्तिका सामाजिक सञ्जालदेखि अन्य क्षेत्रमा सुरक्षासम्बन्धी अनौठा प्रश्नहरूमा एकै छिन घोत्लिँदा प्रतिप्रश्न जाग्छ – तिनलाई नेपाल प्रहरीको प्रमुख नियुक्त गरे कस्तो प्रभाव राख्थे होला ? के निर्मला पन्तको बलात्कार र हत्या हुने थिएन ? के महेन्द्रनगरमा आन्दोलन हुने थिएन ?

मिडियामा काम गर्ने व्यक्तिका पक्षविपक्षको विवादको विश्लेषण गर्दा फरक प्रतिप्रश्न जाग्छन्– के प्रहरी नेतृत्वलाई एकपक्षीय ढंगले पेलेर लेखिँदिँदा समस्याको समाधान हुन्छ ? तथ्यको धरातल त्यहि हुन्छ ? अनुकुलताका व्यक्तिको भनाईका आधारमा उच्छृङ्खल बनेर अघि बढ्दा जगत् भलो हुन्छ ?

एकातिर विपक्षी, अर्कातिर स्थानीयस्तरको आन्दोलन, छेउमै टाँसिएर बसेको विरोधी, पल्लो छेउमा सरकारका दबाबका चाङ । उनका अस्त्रहरू निर्देशनात्मक छन् । कृष्णविहीन अर्जुनजस्ता कुरुक्षेत्रका एक्ला व्यक्ति बन्दैछन्, विस्तारै

सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरिक्षक (आइजी) पदमा नियुक्त भएको दिन नै उनको चुनौति के हुन सक्छन् ? कसरी संगठन दौडाउनेछन् भन्ने प्रश्नसहितका जोखिम उठाएको थिएँ । उनको कार्यकाल जसरी बढीरहेको छ, सामाजिक परिघटनाका त्यान्द्राहरू बोकेर विरोधी घिउ थप्न सक्रिय छन् ।

जोखिम अनेक छन् । आउँछन् । जान्छन् । फेरि नयाँ बनेर आउँछन् । फेरि पुराना बनेर जान्छन् । तर संगठनको काम, कर्तव्य र यात्राले निरन्तर आफ्नो गतिबाट दायाँबायाँ गर्न मिल्दैन ।

आइजी खनाल कुरुक्षेत्रका एक्लो अर्जुन बन्न लागिसकेका छन् । चारैतिर कौरवहरूको झुन्ड छ । तर यो महाभारतलाई पार लगाउने जिम्मा तिनै अर्जुनको हो । एकातिर विपक्षी, अर्कातिर स्थानीयस्तरको आन्दोलन, छेउमै टाँसिएर बसेको विरोधी, पल्लो छेउमा सरकारका दबाबका चाङ । उनका अस्त्रहरू निर्देशनात्मक छन् । कृष्णविहीन अर्जुनजस्ता कुरुक्षेत्रका एक्ला व्यक्ति बन्दैछन्, विस्तारै । तर पार लगाउने साहस उनले गर्नैपर्छ ।

बाहिरबाट देखिएका आइजी खनालका सप्ठ्यारा अप्ठ्याराको घुम्ती र मोडबारे संश्लेषण पूर्व एकजना प्रहरी अधिकारीको भनाई यहाँ प्रस्तुत गर्छु । अमेरिकाका प्रहरी अधिकारी क्रिस पिटरले भनेका छन्– हरेक प्रहरी अधिकारी जसले प्रत्येक दिन सही काम गरिरहेको हुन्छ, क्यामेरा उनीहरूकै अगाडी हुन्छन् ।

ठ्याक्कै यस्तै, खनालका अगाडी हरेक दिन क्यामेरा छन् । यसको अर्थ उनले केही न केही राम्रा काम गरिरहेकै छन् । उनका कामको प्रभावकारिताबाट आत्तिएका, झस्किएकाहरूले घेराबन्दीमा पार्नु नयाँ कुरा होइन ।

तर, उनी अप्ठ्यारो बाटोबाट बाहिर छैनन् ।

जब गाडीको सिटमा बसेर घुमाउरो बाटोको लामो यात्रामा निस्कने गरिन्छ त्यसबेला गाडीको अवस्था, लुकिङ ग्लास, टायर, वत्ती सबै चेक गरिन्छ । गाडीका अनेक अंगहरूको कुशलताका कारणले नै तोकिएको गन्तव्यसम्म सहज पुग्न सकिन्छ भन्ने विश्वास आफैंमा लाग्छ । ड्राइभर कुशल हुँदा विग्रिएको गाडीलाई घिसारेर भए पनि पुराउनुपर्ने बाध्यता उनमा हुन्छ । गाडी थोत्रो छ । त्यहि गाडी हाँकेर अघि बढाउँछु भन्ने छेउकै सीटमा बसेकोले घुमाउरो बाटोमा बेलामौका धक्का लगाउने, पछाडी बसेकाले सिटमा सियो राखिदिने जस्तो भयो । यस्तो प्रहारले व्यक्तिविरुद्ध प्रहार गर्न सकिएला तर संगठनको गति भने अझ खराब हुँदै जान्छन् ।

नेपाल प्रहरीमा अब हिजोको संगति होइन, हिजोको दुर्गति होइन आगामी दिनको राम्रो यात्राको थालनी गर्ने बेला थियो । तर राजनीति, प्रशासनिक प्रहारका कारणले त्यो यात्रामा निस्कन कठिन भइरहेको छ । खनालले चिर्नुपर्छ ।

सडकको आवाज सुनिदिने सरकार, सरकारले निर्देशन दिने त्यहि प्रहरी नै हो । प्रहरीलाई विश्वास गर्नुको विकल्प हुँदैन । घटनाको आधार भिँडले लगाएको अभियोगमा मात्र हुन्छ अथवा अनुसन्धानका विभिन्न पाटाहरूले तय गर्ने हो ?

नेपाल मात्र त्यस्तो देश हो जहाँ प्रहरी प्रमुखको निर्णय वा संगठन विस्तार र परिचालनको विषयमा राजनीतिक हस्तक्षेप हुन्छ । राजनीतिक दलका विभिन्न नेतासँग झुकाव राखेका कारण राम्रो पोष्टिङ र बढुवाका लागि हुने सिफारिसले संगठनको आकार र ढाँचामात्र विग्रँदैन, त्यसको गति पनि कमजोर बनिदिन्छ । यसर्थ निर्मला पन्त प्रकरणजस्ता अनेक घटनामा प्रहरीको कमजोरीहरूका रूपमा सडक तात्ने गर्छ । यो प्राविधिक समस्या राजनीतिक दलले किन बुझ्दैन ?

आइजीलाई कुनै विन्दुमा पनि सप्ठ्यारा बाटा छैनन् । पद नै चुनौतिको भएका कारणले उनी त्यसमा संघर्षपूर्ण यात्रामा छन् । उक्साउने र विगार्ने राजनीतिक तत्वका स्वार्थहरूको घेराबन्दीमा छन् । संगठनभित्र उनीविरुद्ध प्रहार गरी उक्त पदमा पुग्ने दुशाग्रह राख्ने अन्य तत्वको चौघेरामा छन्

राजनीतिले प्रहरी संगठनलाई कतिसम्म कमजोर बनाइदिएको छ भने दबाबका आधारमा उच्च व्यक्तित्व, दक्ष नेतृत्व होइन, क्षेत्रीयता, नातावादका हिसाबमा चलखेल हुन्छ । प्रहरी भनेको कुनै राजनीतिक घरानाभित्रको दराजको असर्फी होइन, मन लागेका बेला प्रयोग गरिदिने । त्यो प्रवित्तिबाट मुक्त बन्ने र बनाउने काम अहिले आवश्यक छ । अभ्यास खनालबाट सुरु हुन जरुरी छ ।

आइजीलाई कुनै विन्दुमा पनि सप्ठ्यारा बाटा छैनन् । पद नै चुनौतिको भएका कारणले उनी त्यसमा संघर्षपूर्ण यात्रामा छन् । उक्साउने र विगार्ने राजनीतिक तत्वका स्वार्थहरूको घेराबन्दीमा छन् । संगठनभित्र उनीविरुद्ध प्रहार गरी उक्त पदमा पुग्ने दुशाग्रह राख्ने अन्य तत्वको चौघेरामा छन् । राज्यलाई लुट्नबाट तर्सिएका तस्करहरूको घेराबन्दीमा छन् । उनीमाथि विपक्षी, आन्दोलनकारी र प्रधानमन्त्रीलागयतको प्रश्नको चेपुवा छ । र पनि निरन्तर प्रश्न सुनिरहेका छन् । सत्तारुढ पार्टीका विद्यार्थीले उनको राजीनामा माग गरेका छन् रे । उनलाई कसले नियुक्त गरेको ? सरकारले होइन ? सरकार कसको छ ? तिनले राजीनामा माग्दा आफ्नै नेताको किन नमाग्ने ? प्रधानमन्त्री, गृहमन्त्री वा अन्यको किन नमाग्ने ? यदि उनीहरू सक्षम हुन् भने खनाल के विषयमा असक्षम ?

प्रहरीले के गरेको छ भन्ने प्रश्न होइन । प्रहरीको काम सुरक्षाका हरेक क्षेत्रमा काम गर्ने हो । उसले जति गरेको छ, त्यस आधारमा ठिक गरेको होला । तर, राजनीतिक दलले के गरे ? अस्थिरताका लागि कस–कसले प्रहरी संगठनलाई ०४६ सालदेखि बिगार्ने काम गरे ? अझै किन हुँदैछ ? भन्नेचाहीँ प्रश्न हो । संगठनमा एकाध व्यक्तिका चरित्रका कारण समग्र संगठन दोषी हुँदैन । यसर्थ, सकेको ठाउँबाट हरेक घटनाको अनुसन्धानमा सहयोग गरेको बेस हुन्छ, चिया पिएर प्रहरीविरुद्ध बेतुकका कुरा गर्नुभन्दा ।