२८ आश्विन २०८३, बुधबार

संविधानसभामा तोडफोड हुनुको भित्री कथा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kursi-Todne-Savasad

नेपालमै पञ्चायतकालमा आङ्गडण्डी लामाले कुर्सीको झटारो हानेका हुन । प्रजातन्त्र आएपछि पनि रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चेले जुत्ताले हानेका हुन र टनकपुर काण्डमा एमाले सांसदहरूले दर्जनौ कुर्सी फोडेकै हुन । कुरा नसुन्दा र पेल्न खोज्दा यस्तो झडप हुन्छ, जहाँकहीं हुन्छ ।

पहिलो संबिधान सभाको दौरान दुई तिहाई सांसदको सहीछाप साथ प्रक्रियामा अघि बढ्न माग आउँदा सभामुख रहेका नेम्बाङ्गजीले सहमतिको वकालत गर्दै बैठक बोलाएका थिएनन । उ बेला उनको यो बिचारको कदर सबैले गरे । तर अहिले उनैले उनका हातमा दुइतिहाइको सूची हात पर्ने बित्तिकै त्यो नजिरलाई लत्याएर पक्षपाति प्रक्रिया अघि बढाउन अघि परे र संविधानसभामा एउटा अप्रिय घटना घट्यो । अर्थात सभामुखको ‘डबल स्टाण्डर्ड’ नीतिबाट बिच्किएर मर्का पर्ने सभासद्हरूले कुर्सी तोडेर आफ्ना रोष प्रकट गरे । हातै हाल्नु भन्दा यो धेरै ठीक लाग्यो मलाई । जो कोहीमा अन्याय हुँदा यस्तो रौद्र रुप हुन्छ । जीवन-मरणको सवाल आउँदा मर्न पर्नेले खुट्टा तानेर मर्छ, त्यसो तपाईं हाम्रा पूर्खाले सिकाएका छन ।

यस्तो हुन नदिन सम्मानित ओहदाका व्यक्तिले निष्पक्ष बुद्धि पुर्याउन पर्ने हो । मलाई लागेथ्यो यत्तिसम्म तल पर्ने व्यक्ति नेम्बाङ्गजी होइनन र मैले केही पहिले उद्घोष गरेको थिएँ- “उनीबाट उनैले किर्तिमान गरेको नजीर तोड्ने गल्ति हुने छैन । यदि त्यस्तो गरिहालेछन भने मैले उनलाई चिन्नै गल्ती गरेको हुनेछ र म त्यस गल्तीको लागि कान पक्रेर माफी माग्ने छु” । (https://www.facebook.com/kavitaram.shrestha/posts/10204231780728183?pnref=story) अब देखिहाल्नु भो म गल्तीमै रहेछु । म तपाईंहरूसामू आफ्नो गल्तीको लागि कान पक्रेर माफी माग्दछु ।

मित्रगण, नेम्बाङ्गजीले जो गरे भिडन्तको सुरुवात गरे । उनले नै भिडन्तको निम्तो गरेका हुन् । गल्ती उनैको हो । उनले त्यसो गर्न उक्साए । यसरी भिड्न निम्तो दिनेलाई पो बिद्वानवर्गले दोष दिन पर्छ । यो कुरो मान्नु हुन्न भने पनि इतिहासले त यो कुरा बिर्सने छैन । एउटा कलंकको कथाको रूपमा दर्ज भै नै सक्यो ।

kavita-ram-shrestha
लेखकः डा. श्रेष्ठ

रह्यो कुरो सदनमा भएको तोडफोडका कुरा । सदनको यो तोड्फोड्लाई कहींकतै नभएको घटनाको रूपमा कोरिएका अभिव्यक्तिहरू छ्यास्छ्यास्ती आइरहेको स्थिति छ । तर यस्तो त जहाँकहीं भएका उदाहरणहरू कयौं छन् । नेपालमै पञ्चायतकालमा आङ्गडण्डी लामाले कुर्सीको झटारो हानेका हुन । प्रजातन्त्र आएपछि पनि रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चेले जुत्ताले हानेका हुन र टनकपुर काण्डमा एमाले सांसदहरूले दर्जनौ कुर्सी फोडेकै हुन । कुरा नसुन्दा र पेल्न खोज्दा यस्तो झडप हुन्छ, जहाँकहीं हुन्छ । कुनै पनि सदन वा बैठकमा यस्तो कहिल्यै अपबाद भा’को छैन र हुने पनि छैन ।

जनता लाटा छैनन । आम जनता बोल्न जान्दैनन् होला, तर सबैले बुझ्दछन र सबै हेक्का राख्दछन । त्यसै राणा र शाह ढलेनन । समय लाग्दो रहेछ त्यो बेग्लै कुरा हो । यतिखेर सोचिएको छ- जनयुद्ध गर्ने समूह चुनाबबाट परास्त भएको छ र जति पेले पनि हुन्छ ।’ तर बुझ्नु बाँकी भो अब ती शक्ति सीमान्तीकृतहरूको साथमा नयाँ ढंगमा ध्रुविकृत छन् ।

यसै सन्दर्भमा यत्तिकै जातीय साम्प्रदायिक हुनुको अपगाल मलाई आइरहेको छ । मैले अहिलेसम्म कुन जातले के गर्यो भनेर केही लेखेको छैन । र पनि बेपत्ता साम्प्रदायिक हुनुको अपगाल मलाई निरन्तरित छ । यसमा म देख्छु- ‘एउटा जातका साथीहरू बढी छन् । बिडम्बना चाहिं हेर्नोस न । मेरा ९९ % साथीहरू त्यही जातका छन् ।’

justice-vs-equality

जति पढ्दै गएर माथि पुगियो उति यो जातिका साथीको संख्या वृद्धि भो । राजनीति होस् वा एनजीओ/आइएनजीओको जागीर होस् वा पत्रकारिता होस् वा अध्यापन होस वा ब्युरियोक्रेसीमा होस् वा विदेशतिर होस् जति माथि उक्लंदै गएँ, उति यही जातिका साथीको वृद्धि भो । जतातातै माथि त यही जाति मात्र ? युवाकालसम्म यो जातिका मेरा साथीहरू ५/७% पनि थिएनन । अहिले यत्रो वृद्धि ! कारण भनिराख्न परेन । अरू जातिको उपस्थिति त्यहाँ त्यो उच्चतामा अति न्यून थियो र छ । यही जातिकै मात्र मेरा साथी हुनुपर्ने बाध्यात्मक अनुकूलन थियो र छ ।

अनि आज उनीहरूसंगै यो विचारका घम्साघम्सी छ । मेरा ती मित्रहरूका ध्यान अरू जातिहरू कतिसम्म सिमान्तिकृत भाका रहेछन र तपाईंहरूका लागि कतिसम्म अनुकूल स्थिति आजको मितिसम्म आइपुग्दा सिर्जना भएको रहेछ ? भन्ने कुरामा आकर्षित गर्न चाहन्छु । कसरी यो भएको हो ? यसरी प्रश्न गर्दा नै मलाई जातिवादी हुनुको अपगाल आइरहेको हो ।

मित्रगण ! यसको लागि मैले कहिल्यै तपाईंहरूलाई दोष दिइरहेको छैन । तपाईं आजको पिंढीको कारणबाट यो भा’को होइन । तपाईंका पुर्खाहरूले गरेका विभेदका नीतिको यो परिणाम मात्र हो । त्यसै निरन्तरित नीतिको अन्त्यको माग मात्र हो मेरो । र, संबिधानसभामा देखिएको कुर्सी तोड परिघटनाको उग्रता पनि त्यसै आग्रहको रौद्र रुप हो । म बुझ्दछु, तपाईंका रुष्ट प्रतिक्रिया त्यही स्थितिको संरक्षणको वकालत मात्र हो । हेर्नोस, तपाईँ, सुशिलजी, ओलीजी र प्रचण्डजी वा मेरो गाउँको पुरोहितको कुनैपनि रूपको खाइपाई आएको खान्कीको बिरोधमा म छैन । त्यो यथावत रहोस । मात्र आजको मितिमा खान नपाउनेलाई खान र सम्मानजनक बाँच्न पाउने साथै माथि उक्लन पाउने अवसरको व्यवस्था गरौँ । त्यसैको लागि तपाईंहरू जस्ता विद्वानहरूको साथ खोजेको हो । मात्र समावेशी सोच संस्थापनाको लागि बिन्ति हो । त्यो पनि बढी भनेको छैन । बिगतका समझदारीहरूले अङ्कन गरेका बुँदाहरूको लागि मात्र ।

किन जातका बखेडा ? त्यो पनि घुमाइफिराइ आफ्नै जातिको वर्चश्वको लागि ? शाव्दहरूका जालले काम गर्ने वाला छैन । शव्दको जाल हान्न नजान्नेहरूले यस्तै कुर्सी तोडेर आफ्ना कुरा अभिव्यक्त गर्छन । यसरी तोड्दै जाँदा जसको जेजे छ उसैका तीती तोडिने हुन् । नभएकाकाहरूले गुमाउने केही हुन्न । नभएकाहरूले आफ्नै कुरो जोगाउन पनि अलि साम्य हुन पर्छ भन्ने लाग्छ । समावेशी हुनुपर्यो । अझै पेल्न नै खोज्दा त चल्दैन । राणा र शाहको नामेटिकरणको उदाहरण हाम्रै अघि छ । बाँकी त सहज अन्दाजकै भरमा बुझिने कुरा हो ।