१ कार्तिक २०८३, शनिबार

कात्तिके-देउराली समाज दक्षिण कोरियाको अध्यक्षमा दुलाल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सोल, १५ असोज । दक्षिण कोरियामा कार्यरत काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालीका–६ (साविकको कात्तिके देउराली गाविस)वासीहरुको साझा संस्था कात्तिके देउराली समाज दक्षिण कोरियाले विशेष अधिबेशन सम्पन्न गरेको छ ।

विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय समाजले दक्षिण कोरियाको ठूलो चाड ‘छुसक’को अवसर पारेर गत सेप्टेम्बर २३ मा आफ्नो विशेष अधिबेशन सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष र कोषाध्यक्ष कार्यावधी सकेर नेपाल फर्किएपछि किशोर गौतमको कार्यबाहक अध्यक्षतामा बसेको कात्तिके देउराली समाजको बैठकले संस्थालाई मजबुत बनाएर अगाडी बढाउनका लागि बिशेष अधिबेशनको माग भएको समिति सदस्य दिनेश गौतमले जानकारी दिए ।

विशेष अधिबेशनले राजेन्द्र दुलालको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । यस्तै अधिबेशनबाट उपाध्यक्षमा बालकृष्ण बाँसकोटा, सचिबमा उमेश चौँलागाई र कोषाध्यक्षमा खडानन्द चौँलागाई तथा सदस्यहरुमा जगतमान लामा, दिनेश चौँलागाई, नारायण गौतम, रत्न दोङ लामा र प्रयास हुँमागाई चयन भएका छन ।

‘प्रबासी एकता आजको आवश्यकता : सामाजिक कार्यमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारा बोकेको संस्थाले सामाजिक कार्यमा आफूलाई पूर्णरुपमा समाहित गरेको छ । समाजले गाउँमा अति महत्वपूर्ण रहेको एम्बुलेन्स सेवा संचालनदेखि लिएर विभिन्न कारण घाइते भएका तथा जटिल रोगले थलिएका पीडितहरुलाई आर्थिक सहयोग तथा देशका अन्य क्षेत्रमा पनि विभिन्न परोपकारी कार्यमा सहयोग प्रदान गर्दै आएको छ ।

‘संस्थाका सम्पूर्ण सदस्यहरुको उत्साहजनक परोपकारी भावनाले हामीले आफ्नो जन्मभूमिका लागि सानो भएपनि सहयोग पुर्‍याउने जमर्को गरिरहेका छौ, भोलिका दिनमा हामी यस कार्यमा अझ अग्रसर र शसक्त ढंगमा लाग्ने छौ’ अध्यक्ष दुलालले भने ।