१ कार्तिक २०८३, शनिबार

अष्ट्रेलियामा गोपाल थपलिया प्रतिष्ठान गठन

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया । अष्ट्रेलियामा वरिष्ठ पत्रकार गोपालप्रशाद थपलिया प्रतिष्ठान गठन भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयमा यही २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपमा अगाडि बढाउने गरी रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा गठित गोपाल थपलिया प्रतिष्ठानको शाखाको रुपमा तदर्थ समिति गठन गरिएको हो ।

अष्ट्रेलियाको हरेक राज्यमा गठन गर्ने अभिप्राय अनुरुप भिक्टोरीया राज्यबाट यसको शुरुवात गरिएको छ ।

शनिबार गठित तदर्थ समितिको सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाह र सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी र निरु त्रिपाठी रहेका छन् ।

समितिको सल्लाहकारमा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन र वरिष्ठ वैज्ञानिक डा. राजु अधिकारी रहेका छन् ।

२०७३ सालमा नेपालका बुद्धिजीवी, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति आदिको संयुक्त भेलाले गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत सबै क्षेत्रका असंबोधित नायकहरुको खोजी गरी सम्मान गर्ने उद्देश्यलले गठित यस प्रतिष्ठानले विश्वमा भएका मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिनेछ ।

कार्यक्रममा वरिष्ठ पत्रकार थपलियाले यो प्रतिष्ठान आफ्नो नभएर विभिन्न क्षेत्रका व्यक्तित्वहरुको पहलमा खोलिएको बताउँदै र अष्ट्रेलियामा मात्रै नभई विश्वका अन्य देशहरुमा पनि यो प्रतिष्ठानको कृयाशिलतामा त्यहाँका संबोधन गरिन उपयुक्त असंबोधित नेपाली तथा विदेशी संबोधित होउन् भन्ने आफ्नो चाहना रहेको बताए ।

भिक्टोरीयाको लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले पत्रकार थपलियाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको स्मरण गराउँदै थपलिया विद्यार्थी जीवनकालदेखि नै शिक्षा, समाजसेवा, जनचेतना, पत्रकारिता तथा अन्य क्षेत्रको लागि निरन्तर लागिरहेको बताए । अवैतनिक महावाणिज्यदूत योन्जनले प्रतिष्ठानको सफलताको लागि शुभकामना दिँदै यस्को लागि आफ्नो सक्दो सहयोग रहने बताए ।