
काठमाडौं, १२ असोज । इमरान खानको नेतृत्वमा रहेको पाकिस्तानी सरकारले पूर्वप्रधानमन्त्री नवाज शरिफका भैंसीको लिलामी गरको छ । भ्रष्टाचार मुद्दामा जेलमा रहेका शरिफका भैंसीहरुलाई पाकिस्तान सरकारले राज्यकोष भर्न भन्दै बेचेको बिबिसीले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री नवाज शरिफको परिवारलाई दूध उपलब्ध गराउन ती भैँसी पालिएका थिए ।
भैँसी लिलामीबाट झण्डै १९ हजार डलर सङ्कलन भयो । दश दिनभित्र सरकारी सम्पत्ति लिलाम गरिएको यो दोस्रो अवसर हो । यसअघि सरकारले छ लाख डलरमा गोली नछिर्ने गाडीहरू लिलाम गरेको थियो ।















प्रतिक्रिया