३० आश्विन २०८३, शुक्रबार

निर्मलाको त्यो तस्बिर, लक्ष्मीको यो तस्बिर

17.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निक्कै समय घोत्लिएपछि शीर्षक छनौट गरें । केबल विषय छनौटका लागि होइन ।

आउनुहोस् एकपटक बहस गरौं ।

शीर्षक छनौट गर्दैगर्दा २ महिनाअघि कञ्चनपुरको उखुबारीमा मृत फेला परेकी निर्मला पन्तको तस्बिर पनि सामाजिक सञ्जालका भित्तामा टाँसिएकै छन् । र, यो सञ्जाल समाजले भाइरल बनाइरहेको अर्को तस्बिर हो– सर्वाङ्ग भएर कुकुर बोकेकी लक्ष्मी आचार्य ।

प्रश्नहरू छाड्ने मुड छैन आज । समाजको चित्र, उसको भावना र हामीले छनौट गरेको कन्टेन्टका विषयकै मन्थन गर्न मन छ । पत्रकारिताको आम भाषामा यी दुवै तस्बिरका आफ्ना सन्देश छन् । संवेदना, वेदना, न्यायको लडाँईमा एउटा तस्बिरले भावुक बनाउँछ । र, अर्कोले बनाउँछ– श्लील समाजभित्रको मनुवामा अश्लील, रोचक, उत्तेजक विचारको पैदा । आखिर पत्रकारिताले जुनसुकै अर्थमा समाजमा एउटा धारणा पैदा गर्ने त हो । निर्मलाको तस्बिरले न्यायका निम्ति लड्नुपर्छ भन्ने विचारको पैदा गर्छ, लक्ष्मीको तस्बिरले उत्तेजनाको पराकाष्ट देखाउँछ । दुवैका दोष पनि छन् । न निर्मलाको त्यो अति संवेदनशील तस्बिर प्रकाशन जायज हो न त लक्ष्मीको सर्वाङ्ग देखाएको तस्बिर बजारीकरण गर्नु जायज हो ।

टपलेस भएर युरोपभर महिलाहरूले बक्षस्थलमा ‘डन्ट टच हियर’ भनेर लेख्नु । र, कतिपय नांगोपन रंगिन र फेन्सी संसारको ‘माइलेज’का कारक हुन्छन् । लक्ष्मीको तस्बिर आन्दोलन पक्कै होइन, माइलेजको कारक हो

विनोद ढकाल

यी दुई तस्बिरले समाजमा अर्को प्रश्न पैदा गरिदिएको छ– हाम्रो पत्रकारिताको नैतिक पाठका सम्बन्धमा ।

के पत्रकारिता भनेको समाजविपरित दौडिने रेलगाडी हो ?

होइन, पत्रकारिता समाजको चित्रलाई सरकारसम्म देखाउने ऐना हो । प्राथमिक चरणको विश्वव्यापी ज्ञान नै यहि हो । कतिपय नांगोपन प्रतिकात्मक आन्दोलनका अवयव हुन्छन् । जस्तो– टपलेस भएर युरोपभर महिलाहरूले बक्षस्थलमा ‘डन्ट टच हियर’ भनेर लेख्नु । र, कतिपय नांगोपन रंगिन र फेन्सी संसारको ‘माइलेज’का कारक हुन्छन् । लक्ष्मीको तस्बिर आन्दोलन पक्कै होइन, माइलेजको कारक हो । तर, जुन देशको दुई महिनादेखिको तातो बहस यौनहिंसा, बलात्कारजस्तो विषयमा टेलिभिजन, पत्रपत्रिका, संसद र सरकारमा पनि जारी छ यतिबेला माइलेज पाइन्छ त ? उत्तरहरू सामाजिक सञ्जालमा गरिएका व्यंग्य, पोखिएका आक्रोश र लेखिएका तिखा शव्दवाणले छर्लङ्ग पार्छ । यो एक प्रकारको जनमत संग्रह नै हो ।

कुनै बेला समाजलाई देखाएको त्यहि तस्बिर यतिबेला भाइरल बनाइनुको कारण के हो ? मिडियाले पनि माइलेजकै गीत गाउन समाजलाई उत्तेजित बनाएको भन्ने भावकै सार ठान्दछु ।

पक्कै पनि पत्रकारिताका पनि आयाम छन् । ति आयाम ग्ल्यामरसँगै बलात्कारका खबर पनि हुन् । यीनका फरक व्याख्या पनि छन् र त, भन्ने गरिएको छ– ग्ल्यामरका लागि कुनै दिन पनि विदा वा बन्द हुँदैन । लक्ष्मीका लागि यो लागु भएन यहाँ । यसको हेक्का जसले मान्छेसम्म यसलाई पुराउने कठोर निर्णय गरेको थियो, त्यसले राख्नुपथ्र्यो ।

प्रविधिको पहुँचको असर हो, तिर्सनाहरूको नांगिने तिर्सना । लक्ष्मीहरूको लक्ष्मी कमाउने बाहना । अनि, प्रविधिकै बल र दबाब हो निर्मलाहरूको न्यायका लागि उठेको जमात् । उर्लिएको भिँड । समाजको चित्र र चरित्रलाई समयानुकुल व्याख्या हुनुपर्ने थियो । तर जहाँ बलात् करणीविरुद्धको आवाज निक्कै बलियो भएर अघि बढिरहेको छ

अहिलेको समाज बलात्कारविरुद्धको आक्रोशमा अघि बढिरहेको छ । बलात्कार मात्र त्यस्तो अपराध हो जहाँ पीडित पीडाभित्र बाँचिरहेको हुन्छ । पत्रकारिताको लय आम पाठकले बुझ्नसक्छ, थोरै । त्यसको सकारात्मक सन्देश टिप्न सक्छ अलिकति । तर, त्यसले दिने नकारात्मक सन्देश यस्ता बेलाका लागि चुनौतिपूर्ण हुन्छन् भन्ने पाठ पनि सिकाउँछ । लक्ष्मीहरूका तस्बिर कटिङले ।

यो शोकजस्तै बेलामा लक्ष्मीको ‘भल्गर’ तस्बिर बाहिर ल्याउनु दाहसंस्कार चलेका बेला सेकुवा वियर दन्काउनु जस्तै हो । प्रश्न उठ्ने नैतिकताकै हो ।

प्रविधिको पहुँचको असर हो, तिर्सनाहरूको नांगिने तिर्सना । लक्ष्मीहरूको लक्ष्मी कमाउने बाहना । अनि, प्रविधिकै बल र दबाब हो निर्मलाहरूको न्यायका लागि उठेको जमात् । उर्लिएको भिँड । समाजको चित्र र चरित्रलाई समयानुकुल व्याख्या हुनुपर्ने थियो । तर जहाँ बलात् करणीविरुद्धको आवाज निक्कै बलियो भएर अघि बढिरहेको छ त्यसबेला ग्ल्यामरका उत्तेजित बनाउने दृश्य र तस्बिरलाई स्वयम् सेन्सर (सेल्फसेन्सर) गर्नुपर्ने हो । समाजको ऐना मानिने पत्रकारिता अथवा न्यायको खोजी गरिरहेको सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई हेक्का राखेनन् । राख्नुपर्ने थियो ।

समाजको मनोविज्ञानलाई अध्ययन नगरी, क्रियाको प्रतिक्रियालाई बेवास्ता गरि जब ‘कन्टेन्ट’ तयार हुन्छन् त्यसमाथि हाम्रो नैतिक क्षमता, दक्षता र समाजशास्त्र बुझ्छ भन्ने भ्रमले सृजनना गरेका परिघटनाहरूमा घिउ थपिन्छन् । बिकाउने बाहनामा समाजको गतिभन्दा विपरित, सडकको तापभन्दा बेचैनीमा हिँड्नु मुर्खता हो अथवा बुद्धिमता ? यो सम्बन्धित अखबार अथवा सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ताले नै विश्लेषण गरुन् ।

अहिलेलाई यत्ति भन्छु– बेसुरको गीत गाउने रहरले नेपाली पत्रकारिताको विषय छनौट पनि नेपाल आइडलमा उत्रिएका झक्कड थापाहरू बनाइरहेको छ । मात्र, हाँसोको पात्र, उडन्ते मानसिकताकोे उपज । समाजसँग केही सिकौं, अब । नग्नताका रहर हुनसक्छन्, ग्ल्यामरका प्रहर हुन सक्छन् । हामी मिडियाले पनि सरकारले लिएको नीतिलाई केही सहयोग गर्ने कि ?