१ कार्तिक २०८३, शनिबार

जर्मनीमा प्रहरी प्रमुखमाथि नै अनुसन्धान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन, १२ असोज । जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् ।

अपहरण सम्वन्धी मुद्धामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरूले जानकारी दिएका हुन् ।

अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका थिए ।

उहाँले कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन आफै इराक यात्रा गरेको लगायतका आरोपहरू छन् । एएफपी