१ कार्तिक २०८३, शनिबार

असंलग्न अभियान शान्तिको संस्कृति : परराष्ट्रमन्त्री ज्ञवाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ११ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा बिहीबार सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बताएको कुरा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा उनले यस अभियानका सदस्यहरूले एकतामा आबद्ध भई कसैलाई पनि पाखा नपारी शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्नेमा जोड दिए ।

मन्त्री ज्ञवाली आजै अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा पनि सहभागी भए । उक्त बैठकमा उनले गरीबी, असमानता, बेरोजगारी, मौसम परिवर्तन, प्राकृतिक प्रकोप तथा आन्तरिक द्वन्द्व अति कम विकसित मुलुकका प्रगतिमा बाधा भएको बताए ।

उनले अति कम विकसित मुलुकको विकासको मार्ग मन्द, लामो, व्यापक अर्थ लाग्ने भएको बताउँदै ती मुलुकको आन्तरिक प्रयासलाई सहयोग गर्न पर्याप्त अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको उल्लेख गरे । -रासस