माघ ८ मै संविधान आउँछ भनी आफ्नै छिमेकीसँग गरेको बाजी हारेपछि झापामा एक व्यक्तिले आत्महत्या गरेका छन् ।माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान जारी हुन्छ भन्दै बाजी राखेका गोलधाप–१ निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले झुन्डिएर आत्महत्या गरेका हुन् । गोलधाप प्रहरी चौकीका इन्चार्ज केदार कार्कीका अनुसार, काँग्रेस र एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग बिहीबार दिउँसो बाजी राखेका थिए ।















प्रतिक्रिया