काठमाडौँ, ९ माघ । प्रधानमन्त्री सुशील कोइरालाले आज साँझ देशवासीका लागि सम्बोधन गर्नुहुने भएको छ ।
प्रमुख राजनीतिक दलले माघ ८ गते तय गरेको समयसीमाभित्र संविधान जारी गर्न असफल भएपछिको अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।
उहाँले राष्ट्रिय योजना आयोगको कक्षबाट देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, तोकिएको समयमा संविधान जारी हुन नसक्नाका कारणलगायत विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुन लागेको बुझिएको छ ।
















प्रतिक्रिया