काठमाडौँ, ९ माघ । दिउँसो १ बजेका लागि तय गरिउको संविधानसभाको आजको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन ।
सत्तारुढ र विपक्षी दलहरु आआफ्नै तयारीमा जुटेपछि बैठक संविधानसभा बैठक अन्यौलमा परेको हो । पूर्वनिर्धारित मितिमा संविधान जारी गर्न नसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारमा रहेका दल र विपक्षी दलले आन्तरिक छलफल गरिरहेका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा परामर्श गरिरहनुभएको छ ।
बैठकमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउनका लागि प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गत मंगलबारदेखि प्रस्ताव पेस गर्ने प्रयास भए पनि विपक्षी दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन । न त दलहरुबीच संवाद अगाडि बढ्न सकेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा सुरक्षा जाँच कडा बनाइएको छ ।
















प्रतिक्रिया