१ कार्तिक २०८३, शनिबार

ओमनमा दशैँ, तिहार तथा छठको अवसरमा विशेष कार्यक्रम हुने

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्ण विश्वकर्मा

ओमन । नेपालीहरूको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सद्भाव बाँड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले दशैं बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुतिसंगै दशैं बिशेष कार्यक्रम आयोजना गरिएको प्रवासी नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य उमेश विश्वकर्माले जानकारी दिए ।

अमृता लामिछाने र तिलक परियारको बेजोड प्रस्तुतिसंगै दोहोरी घम्साघम्सी हेर्न कार्यक्रममा सहभागी हुन नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठले ओमनमा रहेका नेपालीहरू सबैमा कार्यक्रममा उपस्थित भै मनोरञ्जन लिन पनि अनुरोध गरेका छन् ।

संस्थाको पत्र नपाएका ओमनस्थित संघ, संगठन मिडिया, पत्रकार सबैमा यसै समाचारलाई आधिकारिक मानेर उपस्थिति जनाइ दिन नेपाली एकता मञ्च ओमनले आग्रह गरेको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम १९ तारिख शुक्रबार अलमासाहल रुबिमा आयोजना हुन लागेको हो । कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने नेपाली प्रवासी एकता मञ्च ओमनले जनाएको छ ।