भीमदत्तनगर, ९ माघ । झण्डै एक सातायता सुदूरपश्चिममा पेट्रोलियम पदार्थको कालोबजारी बढ्दै जान थालेको छ ।
सरकारी बिदा र बन्दको मौका छोपी कञ्चनपुर, कैलालीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत पेट्रोलको कालोबजारी बढेको हो ।
बिदा र बन्दका बेला पेट्रोल आउन नसकेको भन्दै आयल स्टोरहरुले पम्पहरुमा पेट्रोल छैन भन्ने कार्ड झुण्डाउनेबित्तिकै कालोवजारी गर्ने समूह सक्रिय बन्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
माघ ६ गते विभिन्न दलहरुले गरेको बन्द र माघ ७ गते परेको लोसारको बिदाका कारण क्षेत्रीय आयल निगमबाट पेट्रोल आयात नभएको भन्दै पेट्रोलियम पर्दाथ बिक्रेताले बिक्री रोकेका छन् । सोही मौका छोपी कालोबजारी गर्ने समूहले सुदूरपश्चिमका विभिन्न स्थानबाट लिटरको रु १११ पर्ने पेटा«ेल लिटरको रु १७० सम्म बिक्री गरेको उपभोक्ताले बताएका छन् ।
आयल स्टोर र पेट्रोल पम्पमा नपाइएको तेल कालोबजारीमा तरकारी पसलदेखि मेडिकलबाटसमेत महँगोमा तेल खरिद गर्नुपरेको उपभोक्ताको गुनासो छ ।
पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारीबारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने उपभोक्ता अमर चन्दले बताउनुभयो । रासस















प्रतिक्रिया