२८ आश्विन २०८३, बुधबार

लण्डनमा मदन र जीवराजको सम्झना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madan-asrit-london-photo

ध्रुबराज अर्याल

लण्डन । २१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा शनीबार लण्डनमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रवासी मञ्च बेलायतले आयोजना गरेको अन्तरक्रिया वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनबाद र हाम्रो भुमिका विषयमा गरिएको थियो । मञ्चका अध्यक्ष रामशरण सिंखडाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा मञ्चका पदाधिकारी, सल्लाहकारहरु तथा अन्य राजनीतिक दलका केहि प्रतिनिधी समेतले आ आफनो धारणा व्यक्त गरेका थिए । त्यसक्रममा वक्ताहरुले अहिलेको सन्दर्भमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै बढेको बताए । जबज लाई नेकपा एमाले पार्टी विशेषको सिद्धान्त भन्दा पनि सिंगो मुलुककै मार्गदर्शक सिद्धान्त बनाइनुपर्नेमा उनीहरुले जोड दिए । शसस्त्र विद्रोहमा संलग्न माओवादी पनि अन्त्यमा बहुदलीय राजनीतिमा आउन बाध्य भएको भन्दै वक्ताहरुले यसबाट पनि जबजको सान्दर्भिकता थप पुष्टि भएको निश्कर्ष निकालेका थिए ।

अन्तरक्रियाको सुरुमा मञ्चका सल्लाहकार समिति अध्यक्ष डा अ्रच्युत गौतमले जबजको सान्दर्भिकताबारेको एक कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि मञ्चका सल्लाहकारद्धय भक्त गुरुंग र कृष्ण उपाध्यायले टिप्पणी गरे । त्यसपछि सोहि विषयमा मञ्चका संस्थापक अध्यक्ष आकलजंग लामा, निवर्तमान अध्यक्ष दिनेश घिमिरे, निवर्तमान महासचिव राजेन्द्र पुडासैनी, नेपाली कांग्रेस बेलायतका बिजन भट्ट लगायतले आ आफनो विचार प्रस्तुत गरेका थिए । अन्तरक्रियाको सञ्चालन मञ्चका महासचिव तुंगभद्र भुसालले गरेका थिए ।