१ कार्तिक २०८३, शनिबार

धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई नेता नेपालको सुझाव

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

यु स्टाट अगेनसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।

सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउंदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरू भएको बताए । उनले सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत उल्लेख गरेका छन् ।

सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउंदै नेता नेपालले केही समयपछि सरकारले देखिने गरी रिजल्ट निकाल्ने बिश्वास दिए ।

दुई पार्टीबीचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेता नेपालले एकता कमजोर नहुने बताए । आफू ७० वर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताए ।