५ कार्तिक २०८३, बिहिबार

यसकारण नेहा धूपियाले प्रेग्नेन्सीको कुरा लुकाएकी थिइन्

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही महिनाअघि बलिउड अभिनेत्री नेहा धूपियाले हतारमा विवाह गरिन् । उनले अंगद वेदीसँग विवाह गरेपछि सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी थिइन् ।

विवाह गरेको केही समयपछि नै नेहा धूपिया गर्भवती भएको खबर बाहिर आयो । उनले बेबी पम्पको फोटो सार्वजनिक गरेकी थिइन् । तर, मानिसहरुले सोच्न थाले कि नेहाले प्रेग्नेन्सीको कुरा किन लुकाइन् ? उनको प्रेग्नेन्सीबारे मानिसहरुले अनेक अड्कलबाजीसमेत गरे ।

नेहाले प्रेग्नेन्सीको कुरा लुकाउनुको कारण खुलाएकी छन् । मिड-डे को एक रिपोर्टका अनुसार नेहा धूपियालाई डर थियो कि प्रेग्नेन्सीबारे सबैलाई थाहा भए करियरमा नोक्सान हुन्छ । फिल्म पाउन मुश्किल पर्न सक्छ भन्ने उनलाई लागेको थियो ।