
काठमाडौं । दुबईमा बसेर पाकिस्तान, मलेसीया, भारत, नेपाललगायतका देशमा आफ्नो गुन्डागर्दीको सत्ता हाँकेका अन्डरवल्र्ड डन दाउद इब्राहिमको सत्ता बलिउडमा पनि थियो ।
बलिउडको सत्ता सञ्चालनका क्रममा उसले धेरै अभिनेत्रीसँग सम्बन्ध राखेको चर्चा हुन्छ । तर, एक पाकिस्तानी र अर्की हिन्दुस्तानी हिरोइनसँग भने दाउद फिदा थिए ।
रक्सी र केटीका सौखिन मानिने दाउद ग्ल्यामर हिरोइन मन्दाकिनीलाई मन पराउँथे । मन्दाकिनीले बलिउडमा त्यतिसाह्रो फिल्म नखेले पनि केही फिल्ममा ग्ल्यामर दृश्य दिएकी छन् । उनी राम तेरी गंगा मैली फिल्मकी अभिनेत्री हुन् ।
दाउद पाकिस्तानी अभिनेत्री अनिता अयुबको प्रेममा पनि उत्तिकै पागल थिए । अनिता पाकिस्तानकी ति एक्ली अभिनेत्री हुन् जसको चक्कर दाउदसँग चलेको थियो । दाउद र अनिताको प्रेमका बारेमा अन्यलाई त्यसबेला थाहा भयो जतिबेला निर्माता जावेद सिघीकीको निर्मम हत्या भयो । यो हत्याको कारण जावेदले अनितालाई फिल्ममा साइन गराउन नमानेको बताइन्थ्यो ।
अनितासँग दाउदको लामो प्रेम सम्बन्ध चल्यो तर मन्दाकिनीजस्तै उनले अनितासँग पनि बिहे गरेनन् । मन्दाकिनीलाई दाउदले भगाएर लगेका थिए । अहिले अनिता पनि कहाँ छिन् भन्ने विषयको जानकारी छैन । एजेन्सी















प्रतिक्रिया