दोस्रो संविधानसभाको पहिलो बैठक बसेको एक वर्ष पूरा हुँदा पनि मुलुकले नयाँ संविधान त के त्यसको मस्यौदा पनि पाउन सकेन ।
बिहीबारको दोस्रो बैठकमा लगातार साढे तीन घन्टा नाराबाजी र अवरोधपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको अर्को बैठक माघ ९ गते शुक्रबार अपराह्न १ बजे बस्ने गरी बैठक स्थगन गर्नुभयो ।
संविधान जारी हुनुपर्ने मध्यरातसम्म संविधानसभाको तनावपूर्ण बैठक जारी रहे पनि अबको कति समयपछि देशले जनचाहनानुसारको संविधान पाउनेछ भन्नेमा प्रमुख दलका शीर्ष नेताले जनतालाई विश्वस्त पार्ने सन्देश दिन सकेनन् ।
















प्रतिक्रिया