३० आश्विन २०८३, शुक्रबार

कुर्सी भाँच्ने यी सभासद्को आज अर्को करामत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anamlal-modi

काठमाडौँ, ८ माघ । गएको सोमबार मध्यराति संविधानसभा भवन भित्र वितण्डा मच्चाउने एमाओवादीका यी सभासद्ले बिहीबारको संविधानसभा बैठकमा अर्को नाटक देखाएका छन् ।

संविधानसभाको कुर्सी भाँचेर जनताको गाली खाइरहेका बेला यी सभासद् आज काँग्रेस, एमाले लगायतका सत्तापक्षीय सभासद् बस्ने कुर्सीमा गएर बसे । सत्ता पक्षको कुर्सीमा बस्ने यिनी हुन्, एमाओवादीका सभासद् अनमलाल मोदी ।

प्रतिपक्षले नाराबाजी गरिरहेको बेला एमाओवादीका सभासद् मोदी सत्ता पक्षमा बसेको देखेपछि काँग्रेस र एमालेका सभासद्ले होहल्ला गरेका थिए । त्यसपछि मात्र उनले कुर्सी छाडे । मोदी एमाओवादीका तर्फबाट मोरङबाट समानुपातिक सभासद चयन भएका हुन्। माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीबाट राजनीति थालेका मोदी लडाकु स्वभावका छन्।