१ कार्तिक २०८३, आइतबार

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।

त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै हरिकुमार रिमाल तृतीय र सेनाकै खगेन्द्र भाट चांैथो भए । पुरुषतर्फ मात्र प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताको विजेताले रु ५०, दोस्रोले रु ३०, तेस्रोले रु २० र चांैथोलाई रु १० हजार प्रदान गरियो ।

म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपिएफ क्लबका साथै अन्य गरी करीब २५० खेलाडीको सहभागिता थियो । विजेतालाई युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राखेपका सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गर्नुभयो ।

म्याराथन त्रिपुरेश्वरस्थित राखेप परिसरबाट शुरु भई त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, मीनभवन, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नया थिमी, राधेराधे, सृजनानगर, सल्लाघारी तीनकुने हँुदै पुनः सोही बाटो त्रिपुरेश्वरस्थित राखेप हातामै आएर टुङ्गिएको थियो । यसअघि प्रतियोगिताको बिहान त्रिपुरेश्वरस्थित राखेप परिसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । संविधान दिवसकै अवसरमा मंगलबारनेपाल रातो र नेपाल नीलो टिमबीच टी–२० मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने राखेपले जनाएको छ । संविधान जारी भएको दिन असोज ३ लाई सरकारले भव्यरुपमा मनाउँदैछ । यस दिनलाई यस वर्षदेखि राष्ट्रिय दिवसका रुपमा समेत मनाइँदैछ । –रासस