५ कार्तिक २०८३, बिहिबार

‘इमेज अवार्ड’को १८ विधामा उत्कृष्ट पाँच भित्र को–को परे(हेर्नुहोस् सूची)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ असोज । २० औं संस्करणको ‘इमेज अवार्ड’ का लागि विभिन्न १८ विधा अन्तर्गत उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ ।

१८ विधा मध्ये प्रत्येक विधामा उत्कृष्ट पाँचको मनोनयन सोमबार सार्वजनिक गरिएको हो । असोज २० गते ती मध्यबाट उत्कृष्टलाई अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको हो ।

यस्तै एक विधा ‘पब्लिक च्वाइस अवार्ड’को लागि भने एसएमएस भोटिङ खुला गरिएको छ । यसपटकको ‘ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने वरिष्ठ संगीतकार प्रकाश गुरुङले पाउने भएका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दि इयर’ विशेष सम्मान प्रदान गर्न लागेको आयोजकले जनाएको छ ।