
बर्लिन । ४ पटक एनआरएन रोमानियाका अध्यक्ष भएका नवराज पोखरेल रोमानियाको बुखारेस्टका लागि अवैतनिक वाणिज्यदूतमा नियुक्त भएका छन् । ४ पटकसम्म गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिमा अध्यक्ष पदमा सर्बसम्मतिबाट निर्वाचित हुने उनी पहिलो गैर आवासीय नेपाली हुन् ।
नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानूनी एवम् ब्यापारिक बिषयहरुमा सहयोग प्रदान गर्न बुखारेष्ट शहरलाई कार्य क्षेत्र बनाई अवैतनिक बाणिज्यदूतको पदमा नियुक्त गरेको छ ।
नेपाल सरकारको तर्फबाट सो पदको नियुक्ति पत्र, नेपाली झण्डा र अन्य सबै आधिकारिक कागजात जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले बर्लिन स्थित नेपाली राजदूताबासमा शुक्रबार हस्तान्तरण गरे । नव नियुक्त पोखरेलले अवैतनिक वाणिज्यदूतमा नियुक्त भएसँगै सरकारले आफूलाई प्रदान गरेको यो अवसर प्रति आभार प्रकट गरेका छन्।















प्रतिक्रिया