क्वालालम्पुर । नेपाल टेलिभिजनको चर्चित हास्य टेलिश्रृंखला भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे) ले मलेसिया तताउँदैछन् ।
मलेसियामा चिनियाँ नयाँ बर्षको उपलक्ष्यमा हुन लागको एक नेपाली साँस्कृतिक कार्यक्रममा सहभागी हुन यी कलाकार मलेसिया आउन लागेका हुन् । फेब्रुअरी महिनाको १९ देखि २२ तारिख सम्म हुन लागेको फ्रेन्डसीप धमाका ४ मलेसियाका बिभिन्न स्थानमा हुने र यो कार्यक्रममा जीग्री र पाँडे सहित चर्चित नायिका तथा मोडल पार्वती राई, गायक प्रमोद खरेल लोकगायिका जानकी तारमी मगर, आधुनिक गायक सागर संसार राई, नायक बिक्की पुलामी र भोजपुरी तथा नेपाली गायिका सेलिना कुँवर एकै मञ्मा देखिने भएका छन् । कार्यक्रम मलेसियाको जोहोरबारुस्थित पासीर गुडाङमा १९ फेव्रुअरी, २० फेव्रुअरीमा पेनाङ, २१ फेव्रुअरीमा मुहार र फेव्रुअरी २२ मा बातु पाहतमा हुने कार्यकम संयोजक कृष्ण पुलामीले जानकारी दिए ।














प्रतिक्रिया