२९ आश्विन २०८३, बिहिबार

न्यूयोर्कमा एनआरएनका पदाधिकारीसँग छलफल हुदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क   । नेपाल अमेरिका पत्रकार संघ(नेजा) ले एनआरएन अमेरिकाको आसन्न निर्वाचनको विषयलाई लिएर अमेरिका स्थित न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

समुदायमा आधारित रचनात्मक काम गर्दै आएको नेजाले फेब्रुअरि ८ मा एनआरएनको भाबी नेतृत्व, सदस्यता वितरण लगायतको विषयमा केन्द्रित रहेर उक्त कार्यक्रम गर्ने भएको हो । अमेरिकामा नेपाली समुदायको सशक्त संस्थाको रुपमा स्थापित गैर आवासीय संघ अमेरिका र एनआरएन अमेरिकाकाका पदाधिकारीहरुसँग संस्थाको प्रगति, भावि रणनीतिलगायतको विषयमा छलफल गरीने नेजाका महासचिव भोला आचार्यले जानकारी दिए । अमेरिका र क्यानाडाको साझा पत्रकार मञ्चको रुपमा रहेको नेजाले गत वर्ष पनि एनआरएन निर्वाचनको संघारमा उमेद्वारका प्रत्यासी, निर्वाचन समितिका पदाधिकारी र समुदायका प्रतिनिधीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

नेजाले सूचना प्रकाशित गरी अमेरिकामा बसेर विभिन्न पेशा, व्यवसायमा अबद्ध रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागि हुन आग्रहसमेत गरेको छ ।

स्थानिय समय अनुसार दिनको २ बजे शेर्पा किदुग हलमा गर्न लागिएको अन्तरक्रिया कार्यक्रममा मेशिन रिडएवल पासपोर्ट ‘एमआरपी’ लिनका लागि सहयोग पुग्ने डेस्कको समेत व्यवस्था गरेको नेजाले जानकारी दिएको छ ।