५ कार्तिक २०८३, बिहिबार

रिहान्नाको फेसन शोमा गर्भवतीहरू

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । गायिका तथा अभिनेत्री रिहान्नाले न्युयोर्क फेसन विकमा विविधता ल्याएको भन्दै प्रशंसा बटुलेकी छिन् । ३८ वर्षीया डिजाइनर रिहान्नाले न्युयोर्कमा सेभेज एक्स फेन्ट समूहबाट गर्भवती तथा विभिन्न समुदायका महिलालाई सहभागी गराएकी थिइन् ।

समूहमा बेल्ला र गिगिग हाडिड पनि सहभागी थिए । धेरैको ध्यान भने गर्भवती महिला स्लिक उड्सले खिचिन् । विभिन्न समुदायका महिलालाई सहभागी गराएर रिहान्नाले न्युयोर्क फेसन विकलाई रंगिन बनाएको भन्दै उनको प्रशंसा गरिएको हो । मोडलहरूले -याम्पमा उत्रिँदै आफ्नो एकता प्रस्तुत गरेका थिए ।

सन् २०१४ मा काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले उनलाई फेसन आइकन लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरेको थियो । सन् २०१२ मा फोर्ब्स्रले सार्वजनिक गरेको संसारकै शक्तिशाली सेलेब्रिटीको सूचीमा उनी चौथो नम्बरमा थिइन् । एजेन्सी