विराटनगर, ८ माघ । मोरङमा आज बिहान कुखुरा फारममा आगलागी हुँदा करिब पाँच लाख रुपैंया बराबरका क्षति भएको छ ।
भौंडाहा–४ बस्ने राजन सरदारको कुखुरा फारममा आज बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बाँसको टाटी भएको उक्त फारममा रहेको ३५० थान कुखुरासमेत जलेर नष्ट हुँदा रु चार लाख ५० हजार बराबरको क्षति भएको छ । फारमबाट सल्केको सो आगोले छिमेकी मोहन सरदारको घर जल्दा करिब रु ६० हजारको सामान जलेर नष्ट भएको छ ।
स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा आगलागी एक घन्टापछि नियन्त्रणमा आएको थियो । रासस















प्रतिक्रिया