५ कार्तिक २०८३, बिहिबार

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा, नेपाली फिल्म खेल्ने

29.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजा छोरी टिना अहुजासँगै काठमाडौं आइपुगेका छन् ।

नेपाली चेली सुनिता राणासँग बिहे गरेका गोविन्दालाई नेपालको ज्वाई मानिन्छ । उनी बेलामौका घुुम्न र तिर्थाटनका लागि नेपाल आउने गरेका छन् ।

शनिबार छोरीसहित काठमाडौं उत्रिएका उनी एलजी कामना सिने अवार्डका लागि नेपाल आएका हुन् । उनले केही धार्मिक पर्यटन स्थलको भ्रमण गर्ने पक्का भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपाल आफुलाई मनपर्ने ठाउँ भएको प्रतिक्रिया दिएका छन् । यसका साथै अभिनय जीवनमा एक फटक नेपाली फिल्ममा अभिनय गर्ने घोषणा पनि गरेका छन् ।

गोविन्दा बलिउडका डान्सिङ मास्टर हुन् । कतिपय फिल्ममा कोरियोग्राफरले पनि उनीबाट नृत्य सिक्ने गरेको बताइन्छ ।