लसएञ्जलस । हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ अभिनेत्री फान बिङ बिङ दुई महिनादेखि बेपत्ता भएकी छिन् ।
अभिनेत्री फानले आफ्नो सोसल एकाउन्टमा अन्तिमपटक जुलाई २०१८ मा स्टाटस पोस्ट गरेकी थिइन् ।
फान बिङ बिङ चीनकी सबैभन्दा महँगी अभिनेत्री हुन् । अभिनेत्रीले केही नयाँ व्यापार गर्नका लागि बैंकबाट ऋण लिएकी थिइन् ।
समयमा ऋण चुक्ता गर्न नसकेका कारण उनी गिरफ्तारमा परेको हुन सक्ने आशंका छ ।
फान बिङ बिङले ‘एक्स म्यान’बाहेक केही ठूला फिल्ममा पनि काम गरेकी छिन् । सबै फिल्मबाट उनले दर्शकको राम्रो प्रशंसा पाएकी थिइन् । एजेन्सी















प्रतिक्रिया