काठमाडौं, ८ माघ । एमाले अध्यक्ष केपी ओलीले अन्तराष्ट्रिय रुपमा कुख्यात आतंकवादी समूह बोकोहरामको भूमिकामा एमाओवादी प्रस्तुत हुन खोजेको आरोप लगाएका छन्।
उनले भने, ‘बोकोहरामको त्यो भारी नेपालमा हामीलाई बोकाउन खोजिदैछ। त्यो संभव छैन। त्यो भारी नेपाली बोक्दैनन्।’
नाइजेरियामा सक्रिय बोकोहरामले हजारौं मानिसको हत्या गरिसकेको छ। उनले एमाओवादीले संघीयताका नाममा जातजातीलाई उचालेर सुडान, नाइजेरिया, रुवान्डामा जस्तो जातीय युद्ध नेपालमा पनि निम्त्याउन खोजेको आरोप लगाए । उनले भने,‘जातजातीका बीचमा मारकाट फैलाउने र युद्ध गराउने संघीयता हामीले ल्याउन खोजेको होइन ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
ओलीले माघ ८ मा संविधान आउन नसक्ने अवस्थाका लागि एमाओवादी नै मुख्य रुपमा जिम्मेवार रहेको बताएका छन्।आफ्नै निवास बालकोटमा संचारकर्मीसँगको भेटमा उनले भने, ‘एमाओवादी कारण माघ ८मा संविधान बन्न नसक्ने अवस्था आयो।’ उनले अब प्रक्रियाबाट छिटै संविधान बन्ने बताए।
















प्रतिक्रिया