१ कार्तिक २०८३, शनिबार

अमेरिकाको डिसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा डा. भट्टराई सहभागी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


डिसी । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग अमेरिकामा रहेका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । अमेरिका पुगेका डा. भट्टराई आई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तरक्रियामा सहभागी भएका हुन् ।

डा भट्टराईले उदार प्रजातन्त्र तथा साम्यवाद भएका विश्वका विभिन्न राष्ट्रहरु, नेपालमा प्रजातन्त्र तथा यसको उपयोगिता, समावेशिता लगायतका विषयमा बोलेका थिए । करिव एक महिने अमेरिका यात्रा रहने जानकारी गराउदै उनले अमेरिकाको राजधानी वासिगटन डिसीबाट सुरु गरि नेपालीहरुको जनघनत्व ज्यादा भएको शहर न्यूयोर्क, टेक्सस, बोस्टन लगायत राज्यहरुमा पुग्ने बताए ।

कार्यक्रममा राजदुत डा अर्जुन कुमार कार्की, महा बाणिज्यदूत प्रेम राजा महत, अमेरिका नेपाल सोसाइटी, एनपीपीए, अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)का अध्यक्ष गुणराज लुईटेल, खसोखासका प्रधान सम्पादक किशोर पन्थी, प्रा डा गोपी उप्रेती, बैज्ञानिकहरु, बिश्व बैंकमा कार्यरत नेपालीहरु, संचारकर्मी, अमेरिकामा रहेको नेपाली इन्जिनियर्स संघका अभियन्ताहरु, बुद्धिजीवी, विभिन्न संघ/संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।