४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिपः शुरु भयो नेपाल भर्सेस माल्दिभ्स

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल शुरु भएको छ । खेल बंगबन्धु रंगशालामा भरखरै शुरु भएको हो । हल्का वर्षासँगै खेल शुरु भएको छ ।

साफ च्याम्पियनसिपको चार पटकसम्म सेमिफाइनल पुगेर पनि फाइनलको यात्रा गर्न नसकेको नेपालका लागि बुधबारको खेल इतिहास रच्ने अवशर हुनेछ । माल्दिभ्सको यो पाँचौ सेमिफाइनल हो । माल्दिभ्स ३ पटक उपविजेता बनेको छ भने एक पटक साफ फुटबल जितेको छ ।
यस्तो छ नेपालको टिमः
गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी
मिडफिल्डर – रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल
फरवार्ड – विमल घर्ति मगर, भरत खवास