लण्डन, २७ भदौ । भारत पाँचौँ तथा अन्तिम टेस्टमा पराजित भएपछि शृङ्खला इंग्ल्याण्डले ४–१ ले जितेको छ । व्यक्तिगत रुपमा केही खेलाडीको प्रदर्शन राम्रो रहे पनि समग्रमा भारतीय टोलीले खासै राम्रो गर्न सकेन ।
अन्तिम टेस्टमा भारतीय टोली ओभलमा ११८ रनले पराजित भयो । इंग्ल्याण्डले पहिलो पारीमा ३३२ तथा दोस्रो पारीमा ४२३ रन बनायो । भारतीय टोलीले पहिलो पारीमा २९२ तथा दोस्रो पारीमा ३४५ रन बनायो ।
दोस्रो पारीमा केएल राहुलले सर्वाधिक १४९ तथा ऋषव पन्तले ११४ रन बनाए । कप्तान विराट कोहलीले दोस्रो पारीमा रन नै बनाउन सकेनन् । उनले शृङ्खला गुमाएपछि पाँचौँ टेस्टमा इंग्ल्याण्ड जितको हकदार रहेको तर आफूहरुले पनि राम्रो नै गरेको बताएका छन् । एजेन्सी















प्रतिक्रिया