४ कार्तिक २०८३, बुधबार

बेल्जियममा तीज बिशेष कार्यक्रम भब्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रसेल्स, २६ भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा बेल्जियमको राजधानी ब्रसेल्समा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो । सो अवसरम भेला भएका दिदीबहिनीहरुले सामूहिक दर खानुका साथै एक आपसमा तीजको शुभकामना आदानप्रदान गरेका थिए ।

नेपाली राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रम नेपालबाट आएका द्धय कलाकार गायिका सितल पाण्डे र चर्चित मोडल अञ्जली अधिकारीले आ–आफ्नो सांगितीक प्रस्तुती मार्फत् सहभागीहरुलाई छमछमी नचाएका थिए ।

कार्यक्रम केन्द्रका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता तथा नेपाली राजदुतावास बेल्जियमका द्धितीय सचिब भोजराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा एनआरएन बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थी, नेपाल ब्रसेल्स आमा समूहकी अध्यक्ष देवी गौतम, केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम लगायतले बोल्दै प्रवासमा हुने यस्ता खालका सांस्कृतीक गतिबिधीले नेपाली लोक संस्कृतीको संरक्षण र प्रबद्धनमा टेवा पूग्ने बताए ।

कार्यक्रम केन्द्रका उपाध्यक्ष सरस्वती सुबेदीको स्वागत तथा केन्द्रका महासचिव श्रृजना कार्की थापाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रका बालकलाकारहरुको प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।