४ कार्तिक २०८३, बुधबार

सन्दीपको अर्को छलाङ : अफगानिस्तान प्रिमियर लिगमा छनोट, पाउँछन् कति ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी-ट्वान्टी प्रतियोगितामा खेल्ने भएका छन् ।

नेपालका तीन जना खेलाडीले अक्सनको प्रारम्भिक सूचीमा थिए । कप्तान पारस खड्का, अलराउण्डर सोमपाल कामी र सन्दीप लामिछाने उक्त सूचीमा थिए । तर, सोमबार युएईमा भएको अक्सनमा सन्दीपमा मात्र बोली लागेको हो ।

सन्दीपलाई नान्गहरले आफ्नो टीममा स्थान दिएको हो । एसोसिएट क्याटगोरीमा रहेका उनी १५ हजार अमेरिकी डलरमा टीममा आबद्ध भएका हुन् ।

अफगानी लिग असोज १९ देखि कार्तिक २ गतेसम्म युएईको शारजाहमा हुने बताइएको छ ।

यसअघि सन्दीपले आइपिएल, क्यानेडियन लिग र क्यारेबियन लिग खेलिसकेका छन् ।