१ कार्तिक २०८३, शनिबार

बावुरामको आदेशमा उमेश यादवले हानेका हुन् ओलीलाई माइक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Maobadi-Jhadap-650x488काठमाडौं, ७ माघ । जब संविधान सभा बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठनका लागि प्रस्ताव गर्न कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठको नाम उच्चारण गरे, एकीकृत माओवादी र मधेसवादी दलका सभासद एकाएक आक्रमणमा उत्रिए ।

सभाध्यक्ष नेम्वाङलाई रोस्ट्रममै चढेर आक्रमण गर्न एमाओवादी सभासद उद्दत रहे ।

एमाओवादी अध्यक्ष प्रचण्ड र नेता बावुराम भट्टराईले नेतृत्व गरेको सभासदको नाराजुलुस सोमबार मध्यराति एकाएक आक्रमणकारी दस्तामा परिणत भयो ।

सभाध्यक्षमाथि तीन पटकसम्म आक्रमण गरियो । जुत्ता हानियो, माइक बजारियो । सवैको ध्यान त्यसतपर्फ गइरहेका बेला एक्कासी कांग्रेसका सभासद रामहरि खतिवडामाथि माइक प्रहार भयो । खतिवडामाथि आक्रमण गर्ने सभासद थिए, एमाओवादीका उमेश यादव ।

खतिवडाले आफूमाथि प्रहार भएको माइक नियन्त्रणमा लिनासाथ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एमाओवादी नेता बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीतिर आँखा सन्काएको समाचार राजधानी दैनिकले छापेको छ।

अध्यक्ष प्रचण्डको साथमै रहेका भट्टराईले ओलीतिर आँखा सन्काएलगत्तै यादवले अर्को माइक निकालेर ओलीको छातीमा प्रहार गरे ।

बैठकमा संवाद समितिको प्रतिवेदनमाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा निकै आक्रोशित मुद्रामा महाभारतको कथाको पाँच गाउँ मागेको कुरा गरी तराईका पाँच जिल्ला चाहिने भन्दै ओलीविरुद्ध खनिएका भट्टराईले देख्ने गरी नै ओलीतर्फ इसारा गरेका थिए ।