१ कार्तिक २०८३, शनिबार

पापीहरुले पेट्रोल छर्केर आगो झोसे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ माघ । आन्दोलनकारीले गरिखाने सवारीसाधन जलाएपछि धादिङ कल्लेरी १ दलाङका सुदीप नेपालीलाई ऋण तिर्ने र परिवार पाल्ने चिन्ताले सताएको छ ।

‘अन्य बेलाजस्तै बिहान ६ बजेपछि मात्र बन्द हुने ठानेर पाँचै बजे गाडी ग्यारेजमा लग्दैथिएँ’, नेपालीले भने, ‘सुरक्षाकर्मीले गाडी नलान भनेपछि फर्काएर घर ल्याउँदै गर्दा पापीहरुले पेट्रोल छर्केर आगो झोसे ।’

पोखराको पस्याङमा उनको ग१ज २९५९ नम्बरको माइक्रो ट्याक्सीमा एक्कासी ६ जनाको समूहमा आएको समूले ढुङ्गा बर्साएको थियो ।

‘गाडीमा ढुंगा बर्साएपछि दुबैजना डराएर ओलर्नेबित्तिकै बोत्तलमा रहेको पेट्रोल छर्केर मेरौ आँखा अगाडि गाडीमा आगो झोसे’, गाडी मालिक २७ वर्षीय सुदीपले भने’, ‘४ महिनाअघि ऋण काढेर २५ लाख रुपैयाँमा किनेको गाडी एकै छिनमा खरानी भयो ।’

गाडी जलेपछि उनीमाथि परिवार पाल्नुको चिन्ता एकातिर थपिएको छ भने अर्कातिर बैंक र गाउँबाट काढेको ऋण तिर्ने चिन्ताले सुदीपको होस उडाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘पहिलेका बन्दमा बिहान ६ बजेबाटमात्र गाडी चल्दैनथिए । त्यही भ्रममा पर्दा यो आपत पर्यो’, उनले भने, ‘गरिबको गाडी जलाएर उनीहरुले के पाए त रु बरु गाडीको चाबी खोसेको भए हुन्थ्यो । हामी गरिब हौं । यहाँ न हाम्रो घर छ न बाँच्ने अरु कुनै आधार ?’

१३ वर्षको उमेरदेखि यहाँ भारी बोकेर उनले संघषै थालेका थिए । त्यसपछि गाउँ गाउँमा बेसार बिक्रि गरे । पछिल्लो व्यवसाय मसला उद्योग हो । त्यही मेहनतबाट कमाएको पाँच लाख रुपैयाँ उनीसँग थियो ।

‘बैंकबाट ७ लाख र गाउँघरबाट ऋण लिएर गाडी किनेको थिएँ’, उनले भने, ‘महिनामा ४० हजार त ब्याज नै तिर्नुपर्छ । १४ जनाको परिवार पाल्ने मेरै जिम्मा हो ।