काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्या भण्डारी लगायतका नेताहरुमाथि संविधानसभा भवनमा भएको आक्रमणमा प्रवासी नेपाली मञ्च अमेरिका, बहराइन र ओमनले भर्त्सना गरेको छ ।
प्रवासी नेपाली मञ्च अमेरिका अध्यक्ष सञ्जय थापा, ओमनका अध्यक्ष गगन कार्की र बहराइनका अध्यक्ष दुर्गाबहादुर गिरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेको संसदमा भएको आक्रमणप्रति खेद व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
लोकतन्त्रमा सबैलार्इ विरोध गर्ने अधिकार भए पनि अर्काको अधिकार हनन गर्न नपाइने भन्दै विज्ञप्तिमा एकीकृत नेकपा माओवादी अनि उसको नेतृत्वमा रहेको मोर्चाका कोही पनि लोकतन्त्र चाहदैनन भन्ने प्रष्ट सन्देश दिएको उल्लेख छ ।
प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष थापाले हिंसा र आतंक र जवर्जस्तीको बाटो छोडेर राष्ट्रिय एकता, लोकतन्त्र र अग्रगमनको मार्गमा अग्रसर हुन सवैलाइ अनुरोध समेत गरेका छन् । ‘वुद्धको जन्मथलो रहेको, संसारकै उच्च शिखर सगरमाथा भएको हाम्रो देश नेपाली नेपालीबीचको भावनात्मक एकताको बलमा मात्रै अगाडि वढ्न सक्ने सत्य स्वीकार गरेर जात, धर्म, लिङ्ग वा क्षेत्रको प्रवाह नगरिकन एकीकृत भएर एक अर्काको सम्मान गर्दै अगाडि वढ्न सम्पूर्ण नेपालीहरुलाई हार्दिक अपिल गर्दछौं ।’- विज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया