१२ कार्तिक २०८३, बिहिबार

युवाहरूसँग दैनिक पचास लाख ठगी, के गर्दै छ सरकार ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ ।

वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्य मात्रामा हुने गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको सुरुको साउनमा मेनपावर र तिनका ऐजेन्टले १० करोड ८९ लाख रुपैंयाँ ठगेको भन्दै उजुरी परेको छ ।

बेरोजगार ठग्ने मेनपावरको तुलनामा एजेन्ट अगाडी छन् । साउन मेनपावर (संस्थागत)ठगेको भन्दै ५ करोड ८ लाख रुपैंयाँ दावी गरिएको छ ।

त्यस्तै बेरोजगारबाट व्यक्तिगत९एजेन्ट० तबरले ५ करोड ८१ लाख रुपैंयाँ ठगी भएको भन्दै विभागमा उजुरी परेको छ । सरकारले वैदेशिक रोजगारका क्रममा हुने ठगी रोक्न अनेक प्रयास गरे पनि यसमा सुधार आउन सकेको छैन् । पछिल्लो समयमा रोजगारीमा जानेको संख्या घटे पनि ठगी धन्दा बढिरहेको छ ।

सरकारले बैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्ने प्रयास गरेपनि यसमा सुधार आउन सकेको छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि ठगी धन्दा बढीरहेको छ ।