१ कार्तिक २०८३, आइतबार

साफ च्याम्पियनसिपः आयोजक बंगलादेशलार्इ २–० ले हराउँदै सेमिफाइनलमा पुग्यो नेपाल

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आयोजक बंगलादेशलार्इ २–० गोल अन्तरले पराजित गरेको छ । शनिबारको जितसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारको खेलको नायक बनेका नेपाल विमल घर्ति मगर र नवयुग श्रेष्ठले एक–एक गोल गरे । खेलको ३३ औं मिनेटमा फ्री किकमार्फत बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा सुनिलको पासमा नवयुगले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।

शनिबारकाे जितसंगै नेपाल ६ अंक जोड्दै समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेकाे हाे ।