
काठमाडौं, २३ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत आयोजक बंगलादेशविरुद्ध भिडेको नेपाली टोलीले गोलको खाता खोलेको छ ।
खेलको ३३ औं मिनेटमा फ्री किकमार्फत बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन् ।
सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तानले भुटानलाई पराजित गरेपछि नेपाललाई जितको दबाब परेको हो । भुटानले पाकिस्तानलाई हराएको खण्डमा नेपाल बराबरीमै पनि अर्को चरणमा पुग्न सक्थ्यो । तर, त्यसो हुन सकेन् ।
समूह चरणको पहिलो खेल पाकिस्तानसँग गुमाएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो गोल अन्तरले पराजित गरेपछि सेमिफाइनल यात्राको सम्भावनालाई जीवितै राखेको थियो ।















प्रतिक्रिया